मुस्ताङमा कांग्रेसको अग्रता

मुस्ताङ, ५ मंसिर । गत ४ मंसिरमा भएको आमनिर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । 

जसअनुसार मुस्ताङमा नेपाली कांग्रेसले १०६७ मतसहित अग्रता लिएको छ भने नेकपा (एमाले) ८०७ मतसहित पछयाउन सुरु गरेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा १२ मत प्राप्त गरेको छ भने ३२ मत बदर भएको निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति