बाजुरामा अनेरास्वियूका नेता ऐडीको हत्या

काठमाडौँ, ५ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका–७ मा एक नेताको हत्या भएको छ ।

आइतबार दिउँसो मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा सुतिरहेका अनेरास्ववियूका नेता चेतन ऐडीको हत्या गरिएको छ ।

निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएको ऐडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

आइतबार मतदानका क्रममा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र ऐडीको मृत्यु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board