ललितपुर–२ मा एमालेको सुरूवाती अग्रता

काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

५०० मत गणना हुँदा नेकपा (एमाले)का प्रेमबहादुर महर्जनले अग्रता लिएका छन् । उनले ११६ मत पाएका छन् ।

यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले ६६ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ९७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ९० मत पाएका छन् ।

पाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा ४ ठाउँबाट प्रतिनिधिसभाको मतगणना ५ बजे सुरू गरिएको हो ।

सो क्षेत्रमा ५० हजार ३४ मत खसेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति