इक्वेडरको विजयी सुरूवात, कतार २–० ले पराजित

काठमाडौँ, ५ मंसिर । इक्वेडरविरूद्ध विश्वकपको उद्घाटन खेलमा आयोजक कतार २–० गोलले पराजित भएको छ ।

कतारविरूद्ध दुवै गोल इक्वेडरका कप्तान भ्यालेन्सियाले गरेका थिए । उनले खेलको १६औँ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३१औँ मिनेटमा हेडिङमार्फत् गरेका हुन् ।

समूह ‘ए’को यो खेलमा जित हात पारेसँगै इक्वेडरले तीन अंक जोड्न सफल भयो । पराजय भोगेसँगै कतारको नाममा खराब रेकर्ड बनेको छ । कतार पहिलो खेल गुमाउने आयोजक बनेको छ ।

विश्वकपमा आज साँझ ६ः४५ बजे इंग्ल्यान्ड र इरान समूह ‘बी’को खेलमा तथा राति ९ः४५ मा सेनेगल र नेदरल्यान्ड्स समूह ‘ए’को खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति