सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने

काठमाडौं ४ मंसिर । दोस्रो संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गरेको छ ।

एबीसीको प्रोजेक्सन अनुसार सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ ६० प्रतिशत भन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ ।
दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७०स म्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २ सिट र सत्ता गठबन्धनले समर्थनगरेका दुई जना स्वतन्त्र उमेद्वारहरुले जित्ने देखिएको छ ।


रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

प्रतिपक्षीय गठबन्धनको मुख्य दल नेकपा एमालेले ३४ देखि ४१ ससम्म, जसपाले ५ देखि ७ सम्म र राप्रपाले ३ देखि ५ सिटसम्म जित्न सक्नेछन् ।

एबीसी एक्टिज पोलका अनुससर प्रमुख दलका प्राय जसो मुख्य नेताहरुले चुनाव जित्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झल नाथ खनाल ,राजमो अध्यक्ष चित्र बहादुर केसी , लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले चुनाव जित्ने देखिएको छ । यसमध्ये लिंगदेनले यसपटक नेकाका नेता कृष्ण सिटौलासंग झापा ३ मा कडा चुनौति सामना गर्नेछन् ।
यसपटक सवैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइलागेको छ । उनी जनमत पार्टीका अध्यक्ष सिके राउत संग सप्तरी २ मा पराजित हुने बलियो सम्भावना रहेको एवीसीको एक्जिट पोलमा देखिएको छ । सप्तरी २ मा मतका हिसाबले सत्ता गठबन्धनका उमेद्वार अघि भएपनि सिके राउतका कारण सत्ता गठबन्धनका उमेद्वार त्यहां तेस्रो नम्वरमा देखिएका छन् ।

एबीसी टेलिभिजनले राजनीतिशास्त्री र मिडिया विश्लेषकहरुका साथमा एक्जिट पोल सार्वजनिक गरेको हो । एक्जिट पोल बहसमा एबीससी टेलिभिजनका प्रधानसम्पादक संग राजनीतिशस्त्री डा. लोकराज बराल र राजनीतिक अध्येता तथा नागरिक अगुवा श्याम श्रेष्ठ रहेका थिए ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच सत्ता रुढ गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि लोसपा सत्तरुढ गठबन्धनमा सामेल भएको छ । एबीसी टेलिभिजनमा सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन बीच भइरहेको प्रतिस्पर्धामा जसपालाई एमालेससंगको गठबन्धन फाइदाजनक हुन सकेन ।

एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका गरी ५० वटा निर्वाचन क्षेत्रमा ग।ेको एक्जिट पोल सर्वाजनिक गरेको हो ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board