विदेशी पर्यवेक्षक टोलीद्वारा निर्वाचन अनुगमन

काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा विदेशी पर्यवेक्षकले मतदान केन्द्रको अवलोकन गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षक गर्नका लागि विभिन्न मुलुकका पर्यवेक्षक आएका थिए । विदेशी पर्यवेक्षकहरूले आइतबार बिहान काठमाडौँको मीनभवन मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् ।

निर्वाचनको पर्यवेक्षण गर्नका लागि विदेशी र स्वदेशी पर्यवेक्षक रहेका छन् । आयोगले स्वदेशी र विदेशी गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षण गर्ने जानकारी दिएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न जापानको विदेश राज्यमन्त्री तकेई शुनसुके सबैभन्दा उच्च तहका विदेशी पर्यवेक्षक छन् ।

निर्वाचन पर्यवेक्षणका लागि भारतका प्रमुख निर्वाचन आयुक्त राजीव कुमार, बंगलादेशका काजी हबिबुल अवल र माल्दिभ्सका निर्वाचन आयुक्त फवाद तौफिक, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङ आएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति