छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् : महामन्त्री थापा

काठमाडौँ, ४ मंसिर । कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । 

काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । 

आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्ने छ। ’ 

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्ने छ । सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन् । 

‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board