८ जिल्लामा ३८ राउन्ड हवाई फायर, १६ स्थानमा रोकियो मतदान

काठमाडौँ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ८ जिल्लामा प्रहरीले गोली चलाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा, रौतहट, हुम्ला, डोटी र बाजुरामा गोली चलेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो ।

यी जिल्लामा ३८ राउन्ड हवाई फायर गरिएको प्रवक्ता राईले बताए । विभिन्न विषयमा विवाद भएपछि ६१ मतदान केन्द्रको मतदान रोकिएको थियो ।

जसमध्ये ४७ स्थानमा पुनः मतदान सुरू भएको छ भने बाँकी १६ स्थानमा अझै मतदान सुरू हुन सकेको छैन ।

निर्वाचन बिथोल्न खोजेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यकाबाट पक्राउ गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति