मत हालेपछि बाबुरामले भने– भष्मासुर प्रवृतिको अन्त्य होस्

गोरखा, ४ मंसिर । पूर्वप्रधानमन्त्री डा‍.बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् । उनले यस मतदानबाट भष्मासुर प्रवृत्तिको अन्त्य होस् भनेर कामना गरेका छन् । 

‘राम्रा उम्मेदवारहरूले जितुन्, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस्, भष्मासुर प्रवृत्तिको उदय नहोस्, सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरू होस्,’ मतदानपछि उनले भनेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति