यो निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको छ : राजेन्द्र लिङ्देन

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जारी निर्वाचन मतदाता र देशको भविष्यसँग जोडिएको  बताएका छन् ।

आइतबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधाप मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै लिङ्देनले जारी निर्वाचन जनता र देशको भविष्यसँग जोडिएको बताएका हुन् । 

अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।  उनलाई नेकपा (एमाले)ले चुनावमा सघाएको छ ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णप्रसाद सिटौला र अध्यक्ष लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति