ओलीले भने– १५ मंसिरसम्म एमाले नेतृत्वको सरकार बन्छ

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १५  मंसिरसम्ममा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।  

आइतबार प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भक्तपुरको बालकोटस्थित मतदान केन्द्रमा मतदान गरेपछि अध्यक्ष ओलीले १५ मंसिरसम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले यसअघि तालमेल गरेका दलहरूसँग मिलेर सरकार बनाउने समेत बताए । अध्यक्ष ओलीले यस निर्वाचनमा आफूहरूको स्पष्ट बहुमत आउने पनि दाबी गरेका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति