बर्दियाको शम्भुशरणको स्थगित मतदान पुनः सुरु

बर्दिया, ४ मंसिर । बर्दियाको शम्भुशरण माध्यमिक विद्यालय खैरापुर मतदान स्थलमा रोकिएको मतदान कार्य पुनः सुरु भएको छ ।

मतदान प्रक्रिया सुरु भएलगत्तै अज्ञात समूहले मतदान स्थल बाहिर बिष्फोट गराएपछि स्थगित मतदान करिब १ घन्टापछि पुनः सुरु भएको हो ।

बर्दियाको गुलरिया नगरपालिका खैरापुरस्थित शम्भुशरण माध्यमिक विद्यालय मतदान स्थलबाहिर सुतली बम बिष्फोट भएपछि मतदान कार्य रोकिएको थियो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति