केपी ओलीले गरे मतदान

भक्तपुर, ४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । 

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैँलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैँलाई मत दिन नपाएका हुन् । 

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति