नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जना पक्राउ

कञ्चनपुर, ४ मंसिर । निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा (बहुमत) का जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ । 

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुलाई आवाश्यक कारबाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो  ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board