मोरङको बुढीगंगा मतदानस्थलमा बिस्फोट, मतदान स्थगित

मोरङ, ४ मंसिर । मोरङको बुढीगंगामा मतदान केन्द्रमा बिस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बिस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो । 

मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै  बिस्फोटपछि मतदादाताको भागदौड  मच्चिएका थियो ।

भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति