काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना आजैदेखि हुने जनाएको छ ।
आइतबार बिहान ७ बजेबाट देशभर निर्वाचन भइरहेको छ । उक्त निर्वाचनको मतगणना आइतबार राति ९ बजेबाट सुुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले काठमाडौँसहित तराईका जिल्लामा आइतबारबाटै मतगणना हुने जानकारी दिएका हुन् ।
हिमालीको जिल्लाको सोमबार बिहान ५ बजेबाट मतगणना सृुरु हुने जानकारी दिएका उनले प्रत्यक्षतर्फको ८ दिनभित्र र समानुपातिक तर्फको २२ मंसिरभित्र नजिता राष्ट्रपतिलाई बुझाउने जानकारी दिए ।
प्रतिक्रिया