बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

बाजुरा, ४ मंसिर । बाजुरामा झडप भएको छ । प्रहरीका अनुसार बुढीनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । 

दुई पार्टीका कार्यकर्ताबीच  झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ । बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको छ ।

 जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट  बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति