पाँचथरको मतदानस्थल नजिकै बिष्फोट, मतदान रोकियो

पाँचथर, ४ मंसिर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै बिस्फोट भएको छ । 

मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै बिस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।

सो बिस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभए पनि  मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति