रौतहटको गुजारा मतदानस्थलमा झडप, प्रहरीद्वारा हवाई फायर

रौतहट, ४ मंसिर । सत्तारुढ गठबन्धन र नेकपा (एमाले) नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । 

रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा दुवै पक्षबीच झडप हुँदा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।  

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा आएपछि मतदानको प्रक्रिया भने जारी राखिएको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति