सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : महासचिव पोखरेल

बुटवल, ४ मंसिर । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन् । उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन् । 

सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमतसहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।  बलियो राष्ट्रिय शक्ति हुने सामर्थ्य एमालेसँग मात्र रहेको उनले बताए ।  

पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए । सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति