काठमाडौँ, ४ मंसिर । निर्वाचनको पूर्वसन्ध्यामा देशभर ३४ स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।
मुलुकका विभिन्न ठाउँमा फेला परेको शंकास्पद वस्तु डिस्पोड गरिएको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पछिल्लो साता देशका विभिन्न ठाउँमा बिस्फोट गराउने र शंकास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
आइतबार देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतदान सुरू भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डिआइजी राईले बताए ।
प्रतिक्रिया