माओवादी अध्यक्ष प्रचण्डले गरे मतदान

चितवन, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन् ।

प्रचण्ड मतदानका लागि शनिबार नै चितवन पुगेका थिए । प्रचण्डको यो आम निर्वाचनसमेत गरेर चौथो पटककको मतदान हो ।

यसअघि उनले जीवनमै पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा मतदान गरेका थिए । त्यसअघि २०४८ सालमा उनलको दलले निर्वाचन उपयोग गरेको भएपनि उनले मतदान गरेका थिएनन् । ०५२ देखि युद्ध सुरु गरेपछि त मतदानको कुरै भएन ।

दोससस्रो पटक उनले २०७०, तेस्रो पटक उनले २०७४ मा स्थानीय संघीय तथा चौथोपटक यसवर्ष स्थानीय र संघीय तथा प्रदेशसभाका लागि मतदान गरेका हुन् ।

प्रचण्डले भने गोरखा–२ बाट प्रतिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति