अर्थमन्त्री शर्माले गरे मतदान

रूकुम पश्चिम, ४ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शर्माले मुसीकोट नगरपालिका–५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माविमा रहेको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

शर्माले मतदान केन्द्रमा पहिलो मत खसालेको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेको अर्थमन्त्री शर्मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति