निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौँ, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशतभन्दा बढी मत खस्ने अनुमान गरेको बताएका हुन् ।

उनले देशैभर मतदान सुरु भइसकेको भन्दै विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरे । उनले सबै मतदातालाई मतदानमा सहभागी हुन अपिलसमेत गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले देशैभरको निर्वाचनको अनुमगन केन्द्रबाट भइरहेको जानकारी दिए । अहिलेसम्मको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीमा कुनै कमी कमजोरी हुन नदिइएको र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने उनको विश्वास छ ।

उनले मतदान गर्न केही समय लागेकाले व्यवस्थापकिय कामलाई थप सहजीकरण गर्न निर्वाचन अधिकृतहरुलाई आग्रह गरे । निर्वाचन सकिएलगतै मतपेटिका संकलन भएपछि मतगणना सुरु हुने उनले बताए ।

थपलियाले मंसिर २२ गतेसम्म निर्वाचनको सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति