हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गर्नु आपत्तिजनक छ : लिङ्देन

काठमाडौँ, ३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणप्रति आपत्ति जनाएका छन् ।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै लिङ्देनले हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक गरिनु निर्वाचनको आचारसंहिता विपरीत भएको बताएका छन् ।

उनले सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र प्रभावकारी अनुगमन गर्न समेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

“प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई प्रभावित तुल्याउने बदनियतका साथ हचुवा र प्रायोजित सर्वेक्षण सार्वजनिक हुनु/गरिनु आपत्तिजनक मात्रै होइन निर्वाचनको आचारसंहिता विपरीत छ,” लिङ्देनले भनेका छन्, “यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन र यसको प्रभावकारी अनुगमन गर्न राप्रपा निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति