मदिरा सेवन गरेको अभियोगमा मतदान अधिकृत बर्खास्त

कपिलवस्तु, ३ मंसिर । नैतिक आचरणविपरीत मदिरा सेवन गरेको आरोपमा एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।

जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर ‘ख’ केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका ०७९ को ८३ (१) अनुसार उनलाई जिम्मेवारीबाट हटाएर यमलाल न्यौपानेलाई मतदान अधिकृत पदमा नियुक्त गरी खटाइएको निर्वाचन अधिृकत प्रकाश मरासिनीले बताए । उनले निर्वाचनका लागि बुझेको रकमसमेत फिर्ता गर्न निर्देशन गरिएको छ ।

उनले मदिरा सेवन गरी लापरबाही गरेकाले जिम्मेवारीबाट मुक्त गर्नु परेको अधिकृत मरासिनीले बताए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति