मतदातालाई भ्रमित पार्ने सूचना सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आह्वान

काठमाडौँ, ३ मंसिर । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान प्रक्रियालाई बिथोल्ने गरी सञ्चार माध्यममार्फत् सूचना सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिल नेपालले आह्वान गरेको छ ।

काउन्सिलले आज एक विज्ञप्ती जारी गर्दै त्यस्ता सूचान प्रकाशन प्रसारण भएको पाइएमा विद्युतीय अपराधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया बढाउने सचेत समेत गराएको छ ।

आज बिहानैदेखि विभिन्न सञ्चार माध्यमको माष्ट हेड प्रयोग गरी गलत समाचार सम्प्रेषण भएको विषयलाई ईंकित गर्दै काउन्सिले यस्तो आह्वान गरेको हो ।
    

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति