उत्तर कोरियाली शासक किम जोङले पहिलोपटक सार्वजनिक गरे छोरी

एजेन्सी, ३ मंसिर । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरी सार्वजनिक गरेका छन् । सैन्य सामग्री अवलोकनका लागि उनले छोरीलाई सँगै लिएर गएको तस्बिर सार्वजनिक भएको हो ।

शुक्रबार उत्तर कोरियाले पोङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरमहादेश मार हान्ने क्षमताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । क्षेप्यस्त्र परीक्षण गर्नुअघि उनी छोरीसहित त्यहाँ उपस्थित भएको सिएनएनले उल्लेख गरेको छ । किमको व्यक्तिगत जीवनबारे धेरै कम सूचना सार्वजनिक भएका छन् ।

सन् २०१३ मा द गार्डियनले किमकी श्रीमतीसँग कुरा गरेको थियो । त्यसमा किम असल पिता रहेको उल्लेख थियो । उत्तर कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार किमका तीन सन्तान छन् ।

उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र शुक्रबार जापानको सीमा क्षेत्रमा खसेको थियो ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको चौतर्फी आलोचना भइरहेको छ । २१ राष्ट्र सदस्य रहेको एसिया प्यासिफिक आर्थिक साझेदारी शिखर सम्मेलनमा शुक्रबार यसको कडा भत्र्सना भएको थियो ।

शुक्रबार बैंककमा अमेरिका, क्यानडा, जापान र न्युजिल्यान्डका प्रतिनिधिबीच आकस्मिक बैठक भएको थियो । त्यस बैठकमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली एसिया–प्यासिफिक क्षेत्रमा शान्ति बिथोल्नका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का कतिपय संकल्पसमेत उल्लंघन गरी क्षेप्यास्त्र परीक्षण गरेको टिप्पणी गरेकी थिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board