विराटनगरमा शंकास्पद वस्तु फेला

विराटनगर, ३ मंसिर । विराटनगर–३ पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएको सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । शंकास्पद वस्तु बम हो या अन्य खुलेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति