सुकेधारामा ट्रकको ठक्करबाट दम्पत्तिको ज्यान गयो

काठमाडौँ, ३ मंसिर । काठमाडौँको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ । 

ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board