पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिस्पर्धा गर्दिनँ : पेलोसी

एजेन्सी, ३ मंसिर । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्रेटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी छन् । 

“यस फ्लोरमा उभिनु र सान फ्रान्सिस्कोका जनताका लागि बोल्नुभन्दा मेरो लागि कुनै ठुलो आधिकारिक सम्मान छैन । म यो सदनको सदस्यको रूपमा काम गरिरहने छु,” पेलोसीले भनिन् ।

‘म अर्को कांग्रेसमा लोकतान्त्रिक नेतृत्वको लागि पुनः चुनावमा जाने छैन’, उनले थपिन् । पेलोसीले नयाँ पुस्ताले लोकतान्त्रिक बैठकको नेतृत्व गर्ने समय भएको बताउँदै आएकी छन् ।

सन् २०१८ मा पेलोसीले एक अनौपचारिक सम्झौतामा  सभामुखको रुपमा आफ्नो कार्यकालय चार वर्षमा सीमित गरेकी थिइन् ।

मध्यावधि निर्वाचनपछि डेमोक्रेट्सले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो बहुमत गुमाएका छन् । रिपब्लिकनले अल्पसंख्यक नेता केभिन म्याक्याथेलाई  सभामुखको रुपमा मनोनयन गरेको छ ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board