प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने आयोगको निर्णय

काठमाडौँ, ३ मंसिर । निर्वाचन आयोगले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको छ ।  पत्रकार तथा सञ्चारमाध्यमलाई मतगणनाको सूचना प्राप्तिमा सहज गराउन प्रेस कर्नर स्थापना गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।  

त्यस्तो प्रेस कर्नरमा निर्वाचन अधिृकत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने समेत निर्णय गरेको जनाएको छ । 

मतगणनाको सुरुआतमा एक पटक वा पालो मिलाएर पत्रकार तथा सञ्चारमाध्यमलाई गणना स्थलको भिडियो र फोटो लिने व्यवस्था मिलाउने समेत आयोगले बताएको छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति