खानाको बिल उपलब्ध गराउन माओवादी चितवनका अध्यक्षलाई निर्देशन

काठमाडौँ, १ मंसिर । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) चितवनसँग स्पष्टीकरण सोधेको छ । 

२९ कात्तिकमा भएको जनप्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको हो । 

माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा पोष्ट गरी २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जनप्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ,’ उल्लेख गरेका थिए ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति