नेपालगन्जमा प्रेसर कुकर बम विस्फोट, दुई जना घाइते

नेपालगन्ज मंसिर १ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुईजनालाई पक्राउ गरिएको छ ।

भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो । घटनामा संलग्न अन्य दुई जना फरार छन् ।

घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ । अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न थालेको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ भने घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति