महाकाली नदीमा पुल बनाउने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री देउवा

बैतडी, ३० कात्तिक । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बैतडीका तल्लो स्वराडको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उग्रतारा मेलौली सडकखण्डलाई पूर्णता दिने र पञ्चेश्वर बहुदेश्यीय परियोजना अगाडी बढाउन भारतसँ समन्वय गर्ने बताए ।

भारतसँग सिमाना जोडिएको तल्लो स्वराडमा महाकाली नदीमा पुल निर्माणको काम पनि अघि बढाउने उनले बताए । ‘महाकालीमा  झोलुंगे पूल निर्माणको लागि तल्लो स्वराड बासीको आग्रह छ, यो प्रक्रिया अगाढी बढाउछौँ,’ प्रधानमन्त्री देउवाले भने । 

थुप्रै सम्भावना बोकेको क्षेत्र भएकाले यहाँको विकासको लागि बैतडीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले यहाको विकासको लागि प्राथमिकतामा राख्नु पर्ने पनि प्रधानमन्त्री देउवाले बताए । 

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कुवँर र प्रदेशसभा (ख)मा शिवराज भट्टनै सक्षम नेतृत्व रहेकाले उनीहरूलाई विजयी गराउन अपिल गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति