१५ हजार मतपत्रसहित एक जना भारतीय पक्राउ

पर्सा, ३० कात्तिक  । जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत–१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमद रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मत्रपत्र भेटिएको थियो । 

मोटरसाइकलको पछाडिको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला परेपछि मोटरसाइकल चालक अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति