जनतासामु गरेको प्रतिबद्धता पूरा गर्छु : मन्त्री कार्की

इनरुवा, २९ कात्तिक । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मंगलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा उनले आफू निष्ठा र इमान्दारीको राजनीति गर्ने व्यक्ति भएकाले अरु जस्तो झुट्टा अश्वासन बाँडनुभन्दा आफूले गर्न सक्ने काम मात्र जनतासामु राख्ने गरेको र त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

केही व्यक्तिले झुट्टा अश्वासन बाँड्दै हिँडेको भन्दै उनले सही र अश्वासन पूरा गर्ने उम्मेदवारलाई मतदान गर्न मतदातासमक्ष आग्रह गरे । सुनसरीको दिगो विकास, समृद्धि, शिक्षा, कृषि, भौतिक निर्माण, सडकलगायतको क्षेत्रमा सुधारका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उमेदवारलाई विजयी गराउन मन्त्री कार्कीले आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति