मध्यरातमा वडाध्यक्षको गाडी खानतलासी

भैरहवा, ३० कात्तिक । वडाध्यक्षको गाडी शंकास्पद भएको भन्दै रुपन्देही प्रहरीले मध्यरातमा चेकजाँच तथा खानतलासी गरेको छ । 

रुपन्देहीको सियारी १ का वडाध्यक्ष एवं राप्रपाका नेतासमेत रहेका अरुण शाहीले प्रयोग गर्ने बा १६ च २३६३ को गाडीमा शंकास्पद वस्तु भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपालको नेतृत्वमा गएको टोलीले मध्यरातमै खानतलासी गरेको हो ।

चिल्हीया घरमा पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा भने केही नभेटेपछि प्रहरी फर्केको थियो ।  शाहीको सवारी चेकजाँचगर्दा उनी घरमा थिएनन् । 

राप्रपा नेता निरन्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम गरिरहेको बताए  ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति