ट्रम्पनिकट केभिनलाई सभामुख बनाउने तयारी

एजेन्सी, ३० कात्तिक । रिपब्लिकन अल्पसंख्यक नेता केभिन म्याकार्थीलाई अमेरिकी कंग्रेसको अर्को कार्यकालमा सभामुखका लागि मनोनयन गरिएको छ ।

रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत ल्याउने अनुमानसँगै केभिनलाई सभामुखका लागि मनोनयन गरिएको हो । “हाउस रिपब्लिकनहरूले केभिन म्याकार्थीलाई ११८औँ कांग्रेसको लागि स्पिकरको लागि हाम्रो उम्मेदवारको रूपमा चयन गरेका छन्,” हाउस रिपब्लिकनहरूले ट्विटरमार्फत् भनेका छन् । केभिन पूवराष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिन्छन् ।

सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २१८ जना सांसदको समर्थन चाहिन्छ । मध्यावधि निर्वाचनपछि तल्लो सदनमा रिपब्लिकन ठुलो दल बनेको छ । तर, माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको बहुमत छ ।

१०० सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियाको एक सिटमा निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुबै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार हुन्छ । 

अहिले न्यान्सी पेलोसी सभामुख छिन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति