बाइडेनल-सी भेटवार्ता : बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

एजेन्सी, २९ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने बाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए ।

बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो । इन्डोनेसियाको टापुमा भएको जी–२०  शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा दुवैले उत्तर कोरिया र रुसले युक्रेनमाथि गरेको आक्रमणबारे पनि छलफल गरेका थिए ।

सीको आगमनलगत्तै एक सुविधा सम्पन्न होटलमा भएको तीन घण्टा लामो भेटमा नेताहरूले ताइवानलगायत विभिन्न विषयमा छलफल गरेका थिए । बेइजिङद्वारा दाबी गरिएको  स्वशासित टापुले अमेरिकालाई सहयोगी मान्छ र र यो सधैँ अमेरिका–चीन सम्बन्धमा एउटा महत्वपूर्ण मुद्दा भएको छ ।

अगस्टमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्दा तनाव बढेको थियो ।चीनले यस टापुको वरिपरि ठुलो मात्रामा सैन्य अभ्यास गरेको थियो, जसका कारण अमेरिका र चीनबीच सम्भावित द्वन्द्वको डर बढाएको थियो ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board