नेपाल युएईसँग ७४ रनले पराजित

काठमाडौँ, २८ कात्तिक । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको २६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर १७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका साउदले ५१ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोडे । यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल बुधबार हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board