वैदेशिक रोजगारीमा जाने बढे, असोजमा मात्र ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाडौँ, २८ कात्तिक । देशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा रोजगारीको खोजीमा देश छोडेर विदेश जानेको संख्या बढ्दै गएको छ । 

मंसिर ४ गते देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । तर मतदाता भने वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेशिएका छन् । 

वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमध्ये ५७ हजार २९६ जना पुरुष छन् भने ५ हजार ४१० जना महिला । 

वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानका लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

यस्तै युनाइटेड अरब इमिरेट्स जान ७ हजार ८४५, साउदी अरेबिया जान ६ हजार ५३६, कतार जान ९ हजार ८४५, दक्षिण कोरिया जान १ हजार ९१८, रोमानिया जान १ हजार १८०, माल्टा जान १ हजार १२ र कुवेत जान ३ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् । 

आर्थिक वर्ष २०७९÷८० सुरु भएपछि वैदेशिक रोजगारीमा जान साउनमा ३८ हजार २००, भदौमा ७६ हजार ४०३ र ६२ हजार ७०६ गरी कुल १ लाख ७७ हजार ३०९ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति