बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

धादिङ, २७ कात्तिक । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बाेलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको ग१ज ५५८० नम्बरको बोलेरो सडकबाट खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board