एबीसी टेलिभिजन मधेस प्रदेशका ब्यूरो प्रमुख छतकुली सम्मानित

काठमाडौं, २६ काठमाडौं । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो स्थापनाको २२ आंै पर्सा दिवस मनाएको छ । आज काठमाडौमा आयोजित बोल्दै पुर्व राजदुत डाक्टर राम भक्त ठाकुरले पर्सा वासिहरुलाई काठमाडौं मा हुने कुनै पनि किसिमका कठिनाइ नहोस भन्नका लागि पर्सा मिलन केन्द्र स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै ठाकुरले अब पर्सा वासीहरुका हकहितका लागी पर्सा मिलन केन्द्र काठमाडौंले अझै शशक्त रुपमा काम गर्ने बताउनुभयो । पर्सा मिलन केन्द्रको २२ औं दिवसको अवसर पारेर बिभिन्न १० बिधाका फरक फरक १० ब्यक्तित्वलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा एबीसी टेलिभिजन प्रदेस २ ब्यूरो प्रमुख शेखर छतकुलीलाई संचार क्षेत्रमा गरेको अतुलनिय योगदानलाई आधार मान्दै सम्मान गरिएको छ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा डाक्टर गोपाल प्रसाद गजुरेल, सामाजिक क्षेत्र तर्फ बृजेश प्रसाद चौधरीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरु सवै पर्सामा बसोबास गर्नेहरु मात्र रहेका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले पर्सा मिलन केन्द्र काठमाडौं ले पर्सा जिल्ला वासिहरुको हकहितमा काम गरे मात्र पर्सा मिलन केन्द्रको उद्देश्य पुरा हुने बताएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति