हातमा आएको अधिकार गुम्न दिन्नौँ : रामचन्द्र पौडेल

तनहुँ, २६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–६ वरभञ्ज्याङमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।

संविधान र लोकतन्त्रको षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेको गठबन्धन बनेको भन्दै यसलाई पछिसम्म लैजाने बताए ।

पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे ।

२०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै उनले भने, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मर्स्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।”

देश विकास र सुशासनमा गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति