डोटी भूकम्प : मृतकका परिवारलाई जनही १ लाख २० हजार दिने सुदूरपश्चिम सरकारको निर्णय

धनगढी, २५ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्प पीडितका लागि राहत दिने निर्णय गरेको छ ।

भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रूपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।

गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ ।

प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।

बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूवीचौकी गाउँपालिका–३ गैरागाउँमा ६ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति