भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिएका छन् ।

डोटीमा मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृतकप्रति श्रद्धाञ्जली तथा उनीहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भूकम्पका कारण घाइते भएकाहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु,” उनले भनेका छन्, “ साथै प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति