रुसलाई हतियार पठाएको छैन : उत्तर कोरिया

प्योङयाङ, २३ कात्तिक । उत्तर कोरियाले युक्रेनमा युद्धका लागि रुसलाई गोप्य रूपमा हतियार पठाएको अमेरिकी दाबीलाई खारेज गर्दै उसले मस्कोलाई कहिल्यै हतियार नबेचेको र बेच्ने योजना पनि नभएको बताएको छ ।

गत साता ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले कोरियाले रुसलाई महत्वपूर्ण संख्यामा हतियार उपलब्ध गराएको दाबी गरेका थिए । 

उत्तर कोरियाले मध्यपूर्व र उत्तर अफ्रिकी देशमार्फत् ढुवानीलाई गर्न खोजेको र वाशिंगटनले ढुवानीहरू प्राप्त भएको छ कि छैन भनेर निगरानी गरिरहेको बताएका थिए ।

अमेरिकाले उत्तर कोरियाले मस्कोमा हतियार पठाउन खोजेको बताइरहेका बेला आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी केसीएनएले त्यसको खन्डन गरेको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति