प्युठानमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

प्युठान, २३ कात्तिक । प्युठानमा जिप दुर्घटना भएको छ । प्युठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु१ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र  मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

जिप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति