भौतिक विकास मतदाताको मन जित्न सफल भएँ : प्रकाशमान सिंह

काठमाडौँ, २२ कात्तिक । कांग्रेस नेता प्रकाशमान सिंहले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् । 

यस क्षेत्रबाट ‘मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बढाएको’ उनले बताए ।

हरेक टोलटोलमा आफूले कुनै न कुनै प्रकारको विकासका योजना जनतासामु पुर्‍याएको उनले बताए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति